आईपीएलमा पहिलो पटक बर्षाका कारण भयो खेल रद्द

आईपीएलमा पहिलो पटक बर्षाका कारण भयो खेल रद्द


ग्लोब नेपाल
27
Shares

आईपीएल २०२५ सिजनको यो पहिलो खेल हो, जुन वर्षाका कारण रद्द हुन पुगेको छ ।  यो नतिजाले अंक तालिकामा प्रभाव पारेको छ र पञ्जाब किंग्स अब चौथो स्थानमा पुगेको छ ।

आईपीएल २०२५ मा कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सबीचको खेल बिना नतिजा रद्द भएको हो ।  कोलकाताको इडेन गार्डेन्समा शनिबार २६ अप्रिलमा खेलिएको यस खेलमा पञ्जाब किंग्सले आयोजक नाइट राइडर्सविरुद्ध शानदार ब्याटिङ गर्दै ठूलो रनसमेत बनाएको थियो ।

तर कोलकाताको इनिङ्स सुरु हुनेबित्तिकै वर्षाले सुरू भयो । र, करिब डेढ घण्टाको पर्खाइपछि अन्ततः अम्पायरले खेल रद्द गर्ने निर्णय गरे । यो सिजनमा पहिलो पटक कुनै खेल रद्द भएको हो । यो नतिजाले कोलकाताका लागि समस्या बढाएको छ ।

इडेन गार्डेन स्टेडियममा भएको यो खेलमा फेरि एकपटक फ्यानको अभाव देखिएको थियो र रंगशाला पूर्ण रुपमा भरिएको थिएन । यो दृश्य यस सिजनको सुरुमा पनि देखिएको थियो । यस्तो अवस्थामा कोलकाताले सोचे जस्तो ठूलो स्वरमा आफ्ना फ्यानहरूको साथ पाउन सकेको देखिएन । 

ओपनिङ जोडी प्रियांश आर्य र प्रभसिमरन सिंहले आएका दर्शकलाई चुपचाप बस्न बाध्य बनाएको थियो । यो सिजन यी दुई युवा ओपनरले पञ्जाबलाई तीव्र सुरुवात दिएका थिए र फेरि पनि त्यस्तै भयो। पञ्जाबले २० ओभरमा २०१ रन बनाएर कोलकत्ता सामु प्रस्तुत भएको थियो ।

तर, कोलकत्ताको खेल सुरू हुन नपाउँदै बर्षा भए पछि अन्ततः पञ्जाव किंग्स चौथों स्थानमा उक्लिन सहज भयो ।