सहयोगी लिएर अबेर राति सभापति देउवा किन बालुवाटार छिरे ?

सहयोगी लिएर अबेर राति सभापति देउवा किन बालुवाटार छिरे ?


ग्लोब नेपाल
10.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

सत्तासाझेदार दल कांग्रेसका सभापति देउवा प्रधानमन्त्री ओलीलाई भेट्न गएराति अवेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । देउवासँगको भेटपछि गठबन्धन अघि बढ्नेमा प्रधानमन्त्री ओली ढुक्क भएका छन् ।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको पनि उनले जानकारी दिए ।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए ।