शिक्षक आन्दोलन : बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप

शिक्षक आन्दोलन : बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप



काठमाडौं । काठमाडौंमा जारी शिक्षकहरूको आन्दोलनमा आइतबार शिक्षकहरूले निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि नयाँबानेश्वरमा प्रहरीसँग झडप भएको छ ।

शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले पनि बल प्रयोग गरेको हाे । बल प्रयोगपछि शिक्षकहरूले पनि ढुंगामुढा गर्न थालेका थिए ।

अहिले बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण छ । प्रहरीले शिक्षकहरुमाथि पानीको फोहोरा हानेर भिड तितरवितर पारेको छ ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो आन्दोलनमा शिक्षकहरूले शनिबार पनि केही समय निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए ।

महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौं केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ । आन्दोलन चलेको पनि २५ दिन नाघेको छ ।