ईपीएलमा आज दुई खेल : उपाधि जित्न लिभरपुललाई एक अंक भए पुग्ने

ईपीएलमा आज दुई खेल : उपाधि जित्न लिभरपुललाई एक अंक भए पुग्ने



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग फुटबल (ईपीएल) मा आज दुई वटा खेल हुँदैछन् । उपाधिका लागि मात्रै एक अंक आवश्यक रहेको लिभरपुलले आज टोटनहमसँग खेल्दैछ ।

यो खेल नेपाली समयानुसार राति सवा ९ बजे शुरू हुनेछ । त्यसअघि बेलुका पौने ७ बजे म्यानचेस्टर युनाइटेड र बर्नमाउथले खेल्नेछन् ।

लिभरपुल ३३ खेलमा ७९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको आर्सनलको ३४ खेलमा ६७ अंक छ ।

गएको बुधवार भएको खेलमा आर्सनल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएपछि लिभरपुल उपाधिबाट एक अंक मात्रै टाढा छ । आज लिभरपुलले टोटनहमसँग बराबरी नै खेले पनि चार खेल बाँकी रहँदै प्रिमियर लिगको उपाधि जित्नेछ ।