हृदयन्द्रलाई श्री ५ होइन, पशुपतिशमशेरलाई श्री ३ बनाउनुपर्‍यो : सांसद रिजाल

हृदयन्द्रलाई श्री ५ होइन, पशुपतिशमशेरलाई श्री ३ बनाउनुपर्‍यो : सांसद रिजाल



काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद ईश्वरबहादुर रिजालले राप्रपाले राजा फर्काउने भए पशुपतिशमशेर जबरालाई पनि न्याय गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद रिजालले राप्रपाले राजा फर्काउने हो भने उसकै सांसद एवम् पूर्वअध्यक्ष पशुपतिशमशेर जबरालाई पनि श्री ३ बनाएर फर्काउनुपर्ने बताएका हुन् ।

‘ज्ञानेन्द्रको नाती हृदयन्द्रलाई श्री ५ बनाएर फर्काउने भए मोहनशमशेरको नाती पशुपतिशमशेर जंगबहादुर राणालाई श्री ३ फर्काउनुपर्‍यो । राप्रपाले उहाँलाई पनि न्याय गर्नुपर्‍यो,’ उनले भने ।

सांसद रिजालले त्रिभुवन भन्नेहरु र मोहनशमशेरको बीचमा सम्झौताबाट नेपालबाट श्री ३ बिदा भएको र २०६५ साल जेठ १५ गते जनताको निर्विचत संविधान सभामार्फत नेपालबाट श्री ५ समाप्त भएको स्मरण गराए ।

‘अहिले आएर जनताको प्रतिनिधिले बिदा गरेको श्री ५ फर्किन्छ भने सम्झौताका आधारमा विदा गरेको श्री ३ किन फर्किँदैन ?,’ उनले प्रश्न गरे ।