बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा ३१ घाइते (नामसहित)

बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा ३१ घाइते (नामसहित)



काठमाडौं । नेपाल शिक्षक महासंघले आज भएको झडपमा ३१ जना घाइते भएको जनाएको छ । आइतबार दिउँसो बानेश्वर क्षेत्रमा प्रहरीसँग भएको झडपमा उनीहरू घाइते भएका हुन् ।

महासंघका अनुसार, घाइते हुनेमा सिन्धुपाल्चोकका सुवास गिरी, गोरखाका भगवान शाक्य, बर्दियाका दीपबहादुर घर्ती, बर्दिया कै पुण्य शर्मा, सिन्धुलीका कमलबहादुर बस्नेत, महोत्तरीका विकासराज झाँ छन् । यस्तै, बझाङका हरिप्रसाद जोशी, शोभाजंग केसी, ममताकुमारी साह, कञ्चनपुरका पुण्यमणि जोशी, बाग्लुङका भानुभक्त मैनाली, नुवाकोटका विष्णुकुमारी सुवेदी, कैलालीका खडकमणि घाइते भएका छन् ।

यस्तै, घाइते हुनेमा खोटाङका धर्मसिंह सार्की, लीलाभक्त बस्नेत, सिराहाका देवकुमारी यादव, धनुषाका महेन्द्र साह, जाजरकोटका तेजबहादुर खत्री, रौतहटका वीरेन्द्र पण्डित, कुसनकुमारी साह, धनुषाका वेचन यादव, जुम्लाका देवी शर्मा धिताल, रामबहादुर शाही, झापाका प्रवीण दियाली, कृष्णमाया रिजाल, शान्ता निरौला र अर्धाखाँचीका यश गौतम छन् ।

झडपमा क्रममा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की पनि घाइते भएकी छन् । उनको तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी तीनजना प्रहरी पनि घाइते छन् ।

घाइतेको उपचार सिभिल अस्पताल, एभरेस्ट अस्पताल, ट्रमा सेन्टर र तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।