सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस

सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस



काठमाडौं । नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले संविधानको धारा ५३ बमोजिम नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९–८० र २०८०८१ पेस गरेका हुन् ।

संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था रहेको छ । राष्ट्रपतिले पुनः त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत संघीय संसद् समक्ष पेस गर्ने व्यवस्था रहेको छ ।

आजकै बैठकमा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्दैछन् ।