आईपीएल क्रिकेटमा आज गुजरात र राजस्थान खेल्दै

आईपीएल क्रिकेटमा आज गुजरात र राजस्थान खेल्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच खेल हुँदैछ । यो खेल जयपुरमा बेलुका पौने ८ बजे शुरु हुनेछ ।

गुजरात आठ खेलमा १२ अंकसहित दोश्रो स्थानमा छ । नौ खेलमा चार अंकसहित राजस्थान तालिकाको पुछारबाट दोश्रो स्थानमा छ ।

हिजो भएका खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई छ विकेटले र मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ ।