काठमाडौं । शिक्षक आन्दोलनमा साथ दिन पुगेका नेकपा एकीकृत समाजवादीको शीर्ष नेताहरु अपमानित भएर फर्किएका छन् ।
पार्टीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेसहितको टोली आन्दोलन स्थलमा पुगेपछि शिक्षकहरूले उल्टै उनीहरूविरुद्ध नाराबाजी गरेका हुन् ।
शिक्षकहरूको समर्थनमा भाषण गर्ने योजनासहित गएका नेताहरुलाई शिक्षकहरूले त्यहाँबाट फर्किहाल्न भनेका हुन् । आन्दोलनरत शिक्षकहरूले राजनीति गर्न पाइँदैन भन्दै नाराबाजी गर्न थालेपछि उनीहरू भाषण नगरी फर्किएका हुन् ।
‘कोही नेता यहाँ आउनु पर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरू कराएपछि नेताहरू लज्जित भएर फर्किनु परेको हाे । फर्किने क्रममा उनीहरूलाई प्रहरीले गाडीसम्म स्कर्टिङ गर्यो ।
शिक्षकहरू गत २० चैतदेखि विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने मागसहित आन्दोलनमा छन् ।
प्रतिक्रिया