काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे दिल्लीमा शुरू हुनेछ ।
दिल्ली ९ खेलमा १२ अंकका साथ तालिकाको चौथो र कोलकाता समान ९ खेलमा ७ अंकसहित सातौं स्थानमा छ ।
गएराति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले हरायो । गुजरातले जीतका लागि दिएको दुई सय १० रनको लक्ष्य राजस्थानले १५ ओभर ५ बलमा दुई विकेट गुमाएर भेट्टायो ।
उसका १४ वर्षीय खेलाडी वैभव सूर्यवंशीले ३८ बलमा एक सय एक रन बनाए । उनले ३५ बलमा शतक पूरा गरे । उनी आईपीएल क्रिकेटमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका छन् ।
जीतसँगै राजस्थान १० खेलमा ६ अंकसहित आठौं स्थानमा छ । गुजरात ९ खेलमा १२ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।
प्रतिक्रिया