काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग सर्वोच्च अदालतले लिखित जवाफ मगाएको छ ।
कायममुकायम प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले थापासँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।
सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा बोलेको भन्दै थापाविरुद्ध आइतबार अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले अवहेलना मुद्दा दायर गरेका थिए ।
थापाले गत बिहीबार ५२ संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए ।
प्रतिक्रिया