आईपीएलमा दिल्लीकोे लगातार दोस्रो हार

आईपीएलमा दिल्लीकोे लगातार दोस्रो हार



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराएको छ ।

मंगलबार सम्पन्न खेलमा कोलकाताका सुनिल नरायनले अल राउन्ड प्रदर्शन गरेपछि कोलकाता नाइट राइडर्सले आईपीएल (२०२५) मा चौथो जित निकालेको छ । कोलकाताले दिएको २०५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १९० रन मात्र बनायो ।

जितपछि कोलकाताको १० खेलमा ९ अंक भएको छ भने दिल्लीको १० खेलमा १२ अंक छ । सुरुवाती ४ खेलमा लगातार जित निकालेता पनि त्यसयता दिल्लीले ६ खेलमा २ खेल मात्र हात पारेको छ ।