बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी

बालुवाटारमा सत्तापक्षीय दलको बैठक जारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक जारी रहेको छ ।

यही वैशाख १९ गते संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल केन्द्रित रहेको छ ।

सत्ता गठबन्धनको बैठकमा शिक्षक र चिकित्सकहरुको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीपकुमार ज्ञवाली, विष्णुप्रसाद रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन् ।