काठमाडौं । ई-स्पोर्ट्स संघ नेपाल ईसान को आयोजनामा आगामी वैशाख २६ गतेदेखि एसियन ई-स्पोर्ट्स च्याम्पियनशिप हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेपसँग सहकार्य गरी पब्जी मोबाइल गेमको एसियाली प्रतिस्पर्धा हुन लागेको हो । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित १४ देशका टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस प्रतियोगितामा नेपालसहित मलेसिया, इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, पाकिस्तान, बङ्गलादेश, जोर्डन, सिरिया, लाओस, लेबनान, मङ्गोलिया, श्रीलंका र माल्दिभ्सका पब्जी टिम सहभागीता जनाउने छन् ।
प्रतियोगितामा जम्मा ५१ टोलीको प्रतिस्पर्दा गर्ने छन् । तीमध्ये नेपालबाट डीआरएस गेमिङ , होरा ई-स्पोर्ट्स र नेपेक्स ई-स्पोर्ट्सले प्रतिस्पर्धा गर्ने ईसानले जानकारी दिएको छ ।
प्रतियोगितामा कुल पुरस्कार राशि १० लाख रुपैयाँ निर्धारण गरिएको छ । आयोजक इसानका अनुसार शीर्ष ६ स्थान हासिल गर्ने टोलीहरूलाई पुरस्कार वितरण गरिनेछ । सबै खेल अनलाइन मार्फत खेलीनेछन् ।
प्रतिक्रिया