नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

नाउपाका संरक्षक रेशम चौधरी पक्राउ



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

उनलाई प्रज्ञा भवन कमलादी परिसरबाट सादा पोशाकमा रहेका प्रहरीले नियन्त्रणमा लिएका हुन् । प्रहरीले फैसला कार्यान्वयनका लागि चौधरीलाई पक्राउ गरिएको जानकारी दिएकाे छ ।

टीकापुर काण्डका प्रमुख आरोपी चौधरी राष्ट्रपतिबाट कैद मिनाहा पाएर २०८० जेठ १५ गते जेलमुक्त भएका थिए ।

आज नै जनमत पार्टी र नाउपावीच पार्टी एकता लागि कमलादीस्थित प्रज्ञा भवनको हलमा कार्यक्रम आयोजना गरिएको थियाे । तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए ।