काठमाडौं । आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरु बार्ताका निम्ति सिंहदरबार पुगेका छन् । आजको बार्ता निर्णायक हुने अपेक्षा गरिएको छ ।
बार्ता केहीबेरमा शिक्षा मन्त्रालयमा सुरु हुने बताइएको छ । हिजो राती अबेरसम्म भएको बार्ता निष्कर्षमा नपुगेपछि आज पुनः बार्ता हुन लागेको हो ।
महासंघले प्रस्तुत गरेको ९ बुँदे प्रस्तावका बारेमा टुंगोमा पुग्ने र सोही टुंगोमा पुगे पछि पहिलो चरणमा मन्त्रीपरिषदवाट निर्णय गराउने योजना रहेको छ ।
यसअघि सरकारले शिक्षकहरूसँग विभिन्न तहमा वार्ता गरे पनि बार्ताले सार्थकता पाउन सकेको छैन ।
शिक्षकहरूले आन्दोलन र वार्तालाई समानान्तर रूपमा अघि बढाउने नीति लिएका छन् ।
प्रतिक्रिया