सेयर बजारमा अनुशासन ल्याउन बोर्डको नयाँ रणनीति

सेयर बजारमा अनुशासन ल्याउन बोर्डको नयाँ रणनीति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर विश्लेषक बन्न परिक्षा दिनुपर्ने नियम ल्याउने तयारी गरेको छ ।

सेयर बजारमा आफैंलाई विशेषज्ञ भनेर प्रचार गर्ने र सामाजिक सञ्जालमार्फत लगानीकर्तालाई भ्रममा पार्ने कार्य बढेपछि नेपाल धितोपत्र बोर्डले कडाइ गर्ने तयारी गरेको छ ।

अब सेयर विशेषज्ञ बन्न चाहनेले अनिवार्य परीक्षा पास गर्नुपर्ने व्यवस्था गर्न लागिएको छ । परीक्षा पास गरेपछि मात्र उनीहरूलाई आधिकारिक सेयर विशेषज्ञको सूचीमा राखिनेछ ।

बोर्डले यसअघि पनि बजारमा म्यानिपुलेसन गर्नेहरूमाथि निगरानी बढाएको थियो र साइबर ब्युरोको सहयोगमा कारबाहीको प्रक्रिया अघि बढाएको थियो। अहिले भने यो गतिविधि नियन्त्रण गर्न स्पष्ट नियमावली बनाउँदै छ, जसले सेयर बजारलाई अनुशासित बनाउन र लगानीकर्ताको विश्वास बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।