कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री राणासँग भाजपा नेता चौथाइवालेकाे भेट

कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री राणासँग भाजपा नेता चौथाइवालेकाे भेट



काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीको विदेश विभागका इन्चार्ज डा. विजय चौथाइवालेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

देउवा निवास बुढानीलकण्ठमा भएको भेटमा परराष्ट्रमन्त्रीसमेत रहेकी देउवा पत्नी आरजु राणा पनि सहभागी थिइन् । भेटपछि कांग्रेस सभापति देउवाले चौथाइवालेसँगको भेट फलदायी भएको उल्लेख गरेका छन् ।

‘हामीले नेपाल–भारत सम्बन्धको विस्तृत पक्षहरूको समीक्षा गर्यौं र हाम्रो पुरानो साझेदारीलाई अझ बलियो बनाउने उपायहरूबारे छलफल गर्‍यौँ,’ देउवाले भेटपछि भेटको तस्बिर राख्दै सामाजिक सञ्जालमा लेखेका छन् ।