ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त

ऊर्जा राज्यमन्त्रीमा खमबहादुर गर्बुजा नियुक्त



काठमाडौं । सांसद खमबहादुर गर्बुजा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

बुधबार नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

यसअघि १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीबाट बर्खास्त गरेका थिए ।

गर्बुजा नेपाली कांग्रेस म्याग्दीका सभापति समेत हुन् । उनी प्रत्यक्षबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।