शिक्षक र सरकारबीच सहमति, मन्त्रिपरिषद्‌बाट सम्बोधन हुने

शिक्षक र सरकारबीच सहमति, मन्त्रिपरिषद्‌बाट सम्बोधन हुने


ग्लोब नेपाल
16.8k
Shares

काठमाडौं । सरकार र शिक्षक महासंघबीच शिक्षा मन्त्रालयमा जारी वार्ता सहमति नजिक पुगेको छ । बैठकमा सहभागी सदस्यका अनुसार केही प्राविधिक विषयबाहेक अधिकांश बुँदामा सहमति बनेको छ ।

शिक्षक महासंघले विद्यालय कर्मचारी र ईसीडी शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड समायोजन, तलब समानता, राहत र निजी विद्यालय शिक्षकको विषयमा मन्त्रिपरिषद्बाट निर्णयको माग गर्दै ९ बुँदे प्रस्ताव पेश गरेको थियो ।

सहमति सुनिश्चित गर्न सत्तारुढ दलका प्रमुख सचेतकहरू समेत वार्तामा सहभागी छन् । एमाले प्रमुख सचेतक महेश वर्तौलाले वार्ता सकारात्मक रहेको बताएका छन् । सहमतिको टुंगो लगाउन मन्त्रिपरिषद् बैठक आजै बोलाइएको छ ।