काठमाडौं । आईपीएल २०२५ मा चेन्नई सुपर किङ्सको उपाधि दौड समाप्त भएको छ । पञ्जाब किङ्ससँग ४ विकेटले पराजित भएसँगै चेन्नई सुपर किङ्स प्लेअफ दौडबाट बाहिरिएको छ । चेन्नईले १० खेलमा ८ हार बेहोरेको छ । उसको अझै ५ खेल बाँकी छ । बाँकी खेलबाट सतप्रतिशत नतिजा निकाल्दा पनि उसको प्लेअपमा पुग्ने सम्भावना समाप्त भएको हो ।
बुधबार रातिको खेलमा १९१ रनको लक्ष्य पञ्जाबले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पञ्जाबको जीतका लागि श्रेयस अय्यरले ७२ रन, प्रभसिमरन सिंहले ५४ रन जोडे ।
चेन्नईका साम करनले ८८ रन बनाए । चहलले ह्याट्रिक सहित ४ विकेट लिए । जितसँगै पञ्जाब १० खेलमा १३ अंकसहित दोस्रो स्थानमा पुगेको छ भने चेन्नई ४ अंकसहित पुछारमा छ ।
प्रतिक्रिया