ओली र देउवाबिच सिंहदरबारमा भेटवार्ता

ओली र देउवाबिच सिंहदरबारमा भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । दुई नेताबिच सिंहदरवारमा भएकाे भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।

आजको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि बोलाइएको थियो । तर, उनी भने छलफलमा सहभागी छैनन् ।

शीर्ष नेताको भेटवार्तामा सरकारका तर्फबाट भोली संसदमा पेश हुने आगामी आर्थिक बर्षका निती तथा कार्यक्रम, टीआरसीलगायतका विषयमा कुराकानी भएको बुझिएको छ ।