राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट

राष्ट्रपति पौडेलसँग अजरबैजानका उपविदेशमन्त्रीको भेट



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग अजरबैजानका उप विदेशमन्त्री एलनुर मामेडोभले शिष्टाचार भेट गरेका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा नेपाल र अजरबैजानबिच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रिपति कार्यालयका सहायक प्रवक्ता बसन्तप्रसाद पन्थीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।