ईपीएल फुटबलमा ब्रेन्टफोर्डले नटिंघम फरेस्टलाई हरायो

ईपीएल फुटबलमा ब्रेन्टफोर्डले नटिंघम फरेस्टलाई हरायो



काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग ईपीएल फुटबलमा ब्रेन्टफोर्डले नटिंघम फरेस्टलाई हराएको छ । घरेलु मैदानमा गएराति भएकोे खेलमा नटिंघम फरेस्ट ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको हो ।

प्रिमियर लिगमा ६० अंकका साथ नटिंघम फरेस्ट छैटौं स्थानमा छ । समान अंक रहेको चेल्सी गोल अन्तरका आधारमा पाँचौं स्थानमा छ ।

यस्तै ४९ अंकसहित ब्रेन्टफोर्ड ११औं स्थानमा रहेको छ । ८२ अंक रहेको लिभरपुलले लिगको उपाधि जितिसकेको छ भने आर्सनल ६७ अंकसहित दोस्रो स्थानमा छ ।