एसईई परीक्षामा चित्तबुझ्दो नतिजा आएन : प्रधानमन्त्री ओली

एसईई परीक्षामा चित्तबुझ्दो नतिजा आएन : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी ओलीले यसअघिको एसईई परीक्षामा चित्तबुझ्दो नतिजा नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल गराएर देशका युवाहरूको भविष्यमाथि खेलवाड गरिएको टिप्पणी गरे । उनले यसवर्षको एसईई मा विगतको भन्दा नतिजामा सुधार आउने अपेक्षा राखेका छन् ।

सामाजिक सञ्जालमा एक शिक्षकले आफूलाई गाली गरेको सुनेको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले ठूलो संख्यामा विद्यार्थी अनुत्तीर्ण भएकोबारे शिक्षकको बुझाइ नै खराब रहेको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले नेपाली विद्यार्थीहरू निकै प्रतिभाशाली रहेको तर उपयुक्त काउन्सिलिङ र अवसर पाउन नसकेको बताएका छन् ।