संसदको संयुक्त बैठकमा माधव नेपालसँगै बसे वामदेव गौतम

संसदको संयुक्त बैठकमा माधव नेपालसँगै बसे वामदेव गौतम



काठमाडौं । सरकारको नीति तथा कार्यक्रम पेश गरिने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रिय सभाका सांसद वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)का सांसदहरुको लहरमा बसेका छन् ।

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने बैठकको शुरुमै गौतम नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँगैको कुर्सीमा बसेका हुन् । नेकपा एमाले विभाजनपछि कतै नलागेका गौतम दुवै पार्टीसँग वार्तामा छन् ।

उनले राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनित भएका सांसद हुन् । राष्ट्रपतिबाट मनोनित भएकी सांसद अन्जान शाक्य एमालेकै सांसदहरु बसेको लहरमा बसेकी छन् ।