काठमाडौं । सरकारले निजामती कर्मचारीसम्बन्धी विधेयक संघीय संसद्को बर्खे अधिवेशनबाट पारित गर्ने बताएको छ ।
आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा बाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजामती कर्मचारी विधेयक यही अधिवेशनबाट पारित गर्ने बताएका हुन् ।
नीति तथा कार्यक्रम बाचन गर्दै राष्ट्रपति पौडेलले भने, ‘निजामती कर्मचारी विधेयक संघीय संसदको यसै अधिवेशनबाट पारित गरिनेछ ।
त्यसैगरी सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा रैथाने बाली प्रवर्द्धन गर्ने नीति लिएको छ । स्थानीय तहको समन्वयमा रैथानेबालीको प्रवर्द्धन गर्ने राष्ट्रपति पौडेलले बताएका हुन् ।
निर्वाहमूखी कृषिलाई आधुनिक र व्यवसायमूखी बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर तुल्याउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिने सरकारकाे नीति छ ।
कृषिमा युवालाई आकर्षित गराउन भूमि कृषि सामग्री खरिद सम्झौता र बजारको बलियो इको सिस्टम कायम गरिने छ ।
कृषिको क्षेत्रको जुनसुकै विधामा उद्यम गर्न चाहनेलाई यस प्रणालीमा आबद्ध गरी पाइलट प्रोजेक्ट सुरू गरिने छ ।
प्रतिक्रिया