प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल

प्रधानमन्त्रीद्वारा नीति तथा कार्यक्रम प्रतिनिधिसभामा टेबुल



काठमाडौं । प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेकाे सम्बोधनको प्रति टेबुल गरेका हुन् ।

बैठकले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेकाे सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । सभामुख देवराज घिमिरेले राखेको धन्यवादको प्रस्ताव सर्वसम्मतिबाट पारित भएकाे छ ।