काठमाडौं । स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईमाथि अनुसन्धान गर्न प्रहरीले थप पाँच दिनको म्याद पाएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले सांसद राईमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
यसअघि उनलाई जिल्ला अदालतले दिएको तीन दिनको म्याद सकेर प्रहरीले शुक्रबार उनलाई अदालतमा उपस्थित गराएको हाे ।
कांग्रेस समानुपातिक सांसद राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।
उनीमाथि संगठित अपराध एवं सहकारी ठगीमा पूरक अनुसन्धान भइरहेकाे छ ।


प्रतिक्रिया