काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही नयाँ कुरा आएको बताएका छन् । सञ्चारकर्मीलाई प्रक्रिया दिँदै सभापति खतिवडाले भने, ‘यो नीति तथा कार्यक्रम विरालो बाँधेर श्राद्धे गर्ने परम्पराजस्तै भएको छ भने केही कुरा सुधारात्मक आएका छन् ।’
सभापति खतिवडाले भने, ‘सहमतिमार्फत् संविधान संशोधन गरौं भन्ने कुरा स्वागतयोग्य छ । घोषणा गरेका आयोजना कार्यान्वयन गर्न सकिँदैन भने त्यस्ता आयोजना बन्द गरौं, जे गर्न सकिन्छ, ती योजना मात्र अगाडि बढाऔं भन्ने नयाँ कुरा आएको छ । यो एकदमै सकरात्मक छ । फजुल खर्च रोक्न आवश्यक कुरा अगाडि बढाऔं भन्ने आएको छ ।’
‘कतिपय कुरा पुरानै छन् तर, स्वागतयोग्छ । जस्तो एकीकृत परियोजना बनाउने कुरा सकरात्मक छ । संघ, प्रदेश र स्थानीय तहमा योजना डुब्लिकेशन भयो भने एउटालाई मात्र मान्यता दिने कुरा स्वागतयोग्य छ’ सभापति खतिवडाले भने, ‘निर्वाहमुखीलाई परिवर्तन गर्ने भनिएको छ । कृषिलाई आधुनिकीकरण गर्ने भनिएको छ । कृषिमा केही कुरा नयाँ आएको छ भने केही कुरा पुरानै छन् ।’
‘हरित राजमार्ग बनाउने कल्पना, विपन्नलाई राष्ट्रिय अभियानमा जोड्ने योजना स्वागतयोग्य छ । यी योजना गर्न सकिने छ मात्रै भनियो भने दुखद् हो । गरियो भने एकदमै राम्रो छ । सबै कुरालाई सकरात्मक ढंगले हेर्न अनुरोधसमेत गर्छु’ सभापति खतिवडाले भने ।
ऋणमा आधारित भएर बजेट बनाउने कुरालाई विस्तारै निरुत्साहित गर्दै जानुपर्छ उनले भने, ‘संविधानले दिएको व्यवस्थामा आधार रहेर अभिव्यक्ति दिने स्वातन्त्रता सबैलाई छ । आवाज उठाउँदैमा केही हुँदैन, संविधान धेरै मेहनत गरेर निर्माण भएको हो । व्यवस्था परिवर्तन हुने अवस्था मैले अहिले देखेको छैन ।’


प्रतिक्रिया