आईपीएल क्रिकेटमा आज कोलकाता र राजस्थान तथा पञ्जाब र लखनउ खेल्दै

आईपीएल क्रिकेटमा आज कोलकाता र राजस्थान तथा पञ्जाब र लखनउ खेल्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा कोलकाता नाईट रायडर्स र राजस्थान रोयल्स खेल्दैछन् । यो खेल इडेन गार्डेनमा नेपाली सयमअनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । कोलकाता १० खेलमा नौ अंकसहित तालिकाको सातौं स्थानमा छ ।

राजस्थान ११ खेलमा छ अंकसहित आठौं स्थानमा छ । यस्तै आजको अर्को खेलमा पञ्जाब किङ्ग्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । यो खेल धर्मशालामा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । पञ्जाब १० खेलमा १३ अंकसहित तालिकाको चौंथो स्थानमा छ ।

समान खेलमा १० अंकसहित लखनउ छैटौं स्थानमा छ । गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बेङगलुरु (आरसीबी)ले चेन्नई सुपर किङ्सलाई दुई रनले हराउँदै तालिकाको शीर्ष स्थानमा पुगेको छ ।