काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौँ वर्ल्ड स्कुलको परीक्षा केन्द्रबाट कक्षा १२ को परीक्षा शुरू हुनु अघिनै प्रश्नपत्र बाहिरिएको आशंका गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालयको टोलीले चाणक्य कलेजमा पुगेर अनुसन्धान थालेको हो। बिहान ७:४५ बजे विद्यार्थीहरूबीच मोबाइलमार्फत प्रश्न साटासाट गरिएको देखिएको थियो। छानबिनका क्रममा केही परीक्षार्थीका मोबाइल जफत गरिएका छन्।
बोर्डका अनुसार साटासाट गरिएको प्रश्नपत्र हालको नभई पुरानो रहेको पाइएको छ। तर, एक छात्राले आफ्नो मोबाइलमा प्रश्नपत्र आएको भन्दै प्रतिक्रिया दिँदै भिडियो बनाएको कारण विषय सार्वजनिक भएको हो।
यो घटना अघिल्लो वर्षको प्रश्न लिक प्रकरणसँग मिल्दोजुल्दो देखिएको छ। परीक्षा सुरक्षामा देखिएको कमजोरीप्रति सम्बन्धित निकायले आवश्यक छानबिन र कारबाही प्रक्रिया अगाडि बढाएको छ।
प्रतिक्रिया