नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए प्रधानमन्त्रीसमक्ष शपथ

नवनियुक्त ऊर्जा राज्यमन्त्री गर्बुजाले लिए प्रधानमन्त्रीसमक्ष शपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा आइतबार आयोजित कार्यक्रममा राज्यमन्त्री गर्बुजाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरू, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए ।

प्रधानमन्त्री ओलीको सिफारिमा यही वैशाख १७ गते गर्बुजालाई राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।

गर्बुजा म्याग्दीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनी कांग्रेस म्याग्दीका सभापतिसमेत हुन् ।