लन्डन । प्रिमियर लिगको उपाधि पक्का गरिसकेको लिभरपुललाई पराजित गर्दै चेल्सीले अर्को सिजन युरोपियन च्याम्पियन्स लिग खेल्ने सम्भावना कायम राखेको छ ।
गएराति भएको खेलमा चेल्सीले लिभरपुललाई ३–१गोल अन्तरले पराजित गरेको हो । चेल्सीका लागि एन्जो फर्नान्डेज र कोल पाल्मरले एक एक गोल गरे । जारेल क्वान्साहले आत्मघाती गोल उपहार दिए । लिभरपुलका कप्तान भर्जिल भान डाइकले एक गोल गरे । खेलअघि चेल्सीले लिग उपाधि पक्का गरिसकेको लिभरपुललाई गार्ड अफ अनर प्रदान गरेको थियो । चेल्सीले जितपछि चौथो स्थानको न्युकासल युनाइटेड समान ६३ अंक जोडेको छ । शीर्ष पाँचमा लिग सकाउने सम्भावना बलियो बनाएको छ । लिगमा अब तीन खेल मात्र बाँकी रहँदा शीर्ष पाँचका लागि प्रतिस्पर्धा बढेको छ ।
लिगमा नटिङहम फरेस्ट र एस्टन भिल्लाको समान ६० अंक छ र शीर्ष पाँचको होडमा छन् । फरेस्टले एक खेल कम खेलेको छ । राति नै न्युक्यासलले ब्राइटनसँग १–१ को बराबरी खेलेको छ । ब्रेन्टफोर्डसँग म्यानचेष्टर युनाइटेड ४–३ ले पराजित भयो । वेस्ट ह्याम र टोटनह्यामबीचको खेल १–१ को बराबरीमा सकिएको छ ।
प्रतिक्रिया