एनआरएनए दुईवटा, कार्यालय रहेको भवन कस्को ?

एनआरएनए दुईवटा, कार्यालय रहेको भवन कस्को ?



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) विधिवत् रुपमा दुईवटा भएका छन् । हालै सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित कमिटी र एकता महाधिवेशनसँग असन्तुष्ट मौजुदा कमिटी गरी एनआरएनए दुईवटा भएको हो । बालुवाटारमा रहेको एनआरएनएको कार्यालय यी दुईमध्ये कसको हो भन्ने विषयलाई सर्वत्र चासोका रुपमा हेरिएको छ ।

एकता महाधिवेशन गर्ने जिम्मा पाएका पूर्वअध्यक्ष शेष घलेलाई एनआरएनएको कार्यालयमा वर्तमान अध्यक्ष डा. बद्री केसीले डिम्किन दिएका थिएनन् । घलेले सम्पूर्ण गतिविधि एनआरएनएको कार्यालय बाहिर नै गरेका थिए । महेश श्रेष्ठलाई सर्वसम्मत नेतृत्व जिम्मा लगाएर घले यतिबेला बाहिरिएका छन् ।

एकता महाधिवेशनले चयन गरेको नेतृत्व बालुवाटारमा रहेको कार्यालयमा पुग्छ कि पुग्दैन भन्ने विषय निक्कै चासोका रुपमा हेरिएको छ । घलेलाई जस्तै यो निर्वाचित कमिटीलाई केसीको टिमले डिम्किन दिँदैन र भिड्न्तको अवस्था सिर्जना हुने अनुमान एकथरिले गरेको बुझिएको छ ।

एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष श्रेष्ठले सबै मुद्दा फिर्ता लिएर ३ महिनाभित्र एनआरएनएमा साँचिकै एकता हुने बताएका छन् । अध्यक्ष श्रेष्ठको उक्त भनाइप्रति अर्का अध्यक्ष केसी र उपाध्यक्ष डा. हेमराज शर्माले सकरात्मक रुपमा लिएको बुझिएको छ । दुई अध्यक्ष नै सहमतिमा अघि बढ्ने देखिएकाले एनआरएनएमा नयाँ रक्तसञ्चार हुने विश्लेषण गरिएको छ ।