आइपिएलमा आज: दिल्लीले खोज्ने जित, हैदराबादले टार्नैपर्ने हार !

आइपिएलमा आज: दिल्लीले खोज्ने जित, हैदराबादले टार्नैपर्ने हार !



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज ५५औं खेलमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद खेल्ने छन् ।खेल आज राति नेपाली समय अनुसार ७:४५ बजे हैदराबादको होम ग्राउन्ड राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ ।

दिल्ली प्लेअफ पुग्ने लक्ष्यमा छ भने हैदराबाद प्रतियोगिताबाट बाहिरिने खतरा टार्न संघर्षरत छ । दिल्लीका लागि जित अत्यावश्यक छ, जसले उनीहरूलाई अंक तालिकामा अगाडि र प्लेअफको सम्भावना कायम राख्ने छ । हैदराबादका लागि भने हारको अर्थ प्रतियोगिताबाट लगभग बाहिरिने खतरा छ ।

अन्तिम खेलमा दुवै टोलीले सुधार देखाएका छन् दिल्लीको ब्याटिङ लयमा आएको छ , भने हैदराबादको बलिङ अझै सुधारको खोजीमा छ ।

तर मौसम पूर्वानुमानका अनुसार, खेलमा वर्षा हुने सम्भावना ५५ प्रतिशत रहेको जनाएको छ जसले गर्दा खेलमा दुवै टोलिलाई बाधा सृजना गर्न सक्छ ।