क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा

क्रिकेटर आदिल आलममाथिको प्रतिबन्ध फुकुवा



काठमाडौं । नेपाल क्रिकेट संघ(क्यान)ले क्रिकेटर मोहमद आदिल आलमको प्रतिबन्ध फुकुवा गरेको छ ।

क्यानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने गरि आइतबार २१ गतेदेखि आलमको प्रतिबन्ध फुकुवा गरेकाे हो ।

आदिलसहित ५ जनालाई काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । पछि सबैलाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको थियो । आदिलले सन् २०२२ मा अमेरिकाविरुद्धको खेलबाट अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए ।

क्यानको इन्टिग्रिटी युनिटको प्रतिवेदनका आधारमा आदिलमाथिको प्रतिबन्ध फुकुवा गरेको विज्ञप्तिमा उल्लेख छ । योसँगै अब उनी राष्ट्रिय टोलीमा फर्किन बाटो खुलेको छ ।