सात बुँदे सहमतिमा टेकेर नै नीति तथा कार्यक्रम आएको हाे : कांग्रेस

सात बुँदे सहमतिमा टेकेर नै नीति तथा कार्यक्रम आएको हाे : कांग्रेस



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले कांग्रेस-एमालेबीचको सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको बताएका छन् ।

सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले कांग्रेससमेतको सहभागितामा नीति तथा कार्यक्रम आएको बताए ।

उनले नीति तथा कार्यक्रमलाई लागू गर्न पर्याप्त आर्थिक स्रोत नभएकाले कार्यान्वयनमा चुनौती रहेको स्वीकार गरे । सरकारको नीति तथा कार्यक्रममा कांग्रेसका कसैको पनि ठूलो असन्तुष्टि नरहेको उनको दाबी छ ।

उनले आगामी बजेट नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरी आउनुपर्नेमा जोड दिए ।