काठमाडौं। सोमबार भएको खेलमा बर्षा बाधक बन्यो। योसँगै हैदराबाद उपाधि यात्राबाट बाहिरिन परेको हो। अर्कोतर्फ दिल्ली शीर्ष ५ मा यथावत रहेको छ ।
पहिले बलिङ गर्न आएको हैदराबादले दिल्लीलाई १३३ रन मात्र बनाउन दियो। हैदराबादसँग खेल जित्ने सुनौलो मौका थियो। तर, वर्षाका कारण दोस्रो इनिङ्स सुरु हुन नसकेपछि खेल अनिर्णीत रह्यो र दुवै टोलीले १–१ अंक बाँडे।
हैदराबादले ११ खेलमा तीन जित र एक बराबरी खेल्दै सात अंक जोडेको छ। टोली आठौं स्थानमा पुग्यो। तर, प्लेअफबाट बाहिरियो। अब पछिल्ला तीन खेल जिते पनि हैदराबादले १३ अंक मात्र पुर्याउन सक्नेछ, जुन प्लेअफमा पुग्न पर्याप्त हुने छैन।
चार टोलीले १४ अंक प्राप्त गरिसकेका छन्। दिल्लीले ११ खेलमा ६ जित र एक बराबरीबाट १३ अंक जोडेको छ। टोली अझै पनि पाँचौं नम्बरमा छ।
अब प्लेअफमा पुग्न दिल्लीले तीनमध्ये दुई खेल जित्नुपर्नेछ। यदि दिल्लीले ३ मध्ये २ खेल जीते १७ अंकसहित प्लेअफमा पुग्नेछ।
प्रतिक्रिया