काठमाडौं। युएफा च्याम्पियन्स लिग २०२५ सेमिफाइनलको दोस्रो लेग आज राति इन्टर मिलान र बार्सिलोनाबीच इटालीको सान सिरो रंगशालामा हुँदैछ। खेल नेपाली समय अनुसार आज राति १२:४५ बजे सुरु हुनेछ।
पहिलो लेगमा दुबै टोलीले ३–३ को रोमाञ्चक बराबरी खेलेका थिए। इन्टरका थुराम र डुम्फ्रिजले सुरुवाती दुई गोल गरे पनि बार्सिलोनाले लमिन यामाल, फेरान टोरेस र यान सोमरको आत्मघाती गोलमार्फत खेल बराबरीमा आएको थियो। यो सँगै १७ वर्षीय यामाल च्याम्पियन्स लिग सेमिफाइनलमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका छन्।
इन्टरका कप्तान लाउटारो मार्टिनेजको फिटनेस अझै सुनिश्चित छैन, तर डिफेन्डर पावार्ड र मिडफिल्डर चालनोग्लु फर्किंदैछन्। बार्सिलोनाका डिफेन्डर कुन्दे घाइते छन् भने लेवान्डोभस्की चोटपछिको पुनरागमनपछि टोलीमा परेका छन्।
आजको विजेता जून १ मा म्युनिखको एलियान्ज एरेनामा हुने फाइनल खेलमा प्रवेश गर्नेछ।
प्रतिक्रिया