धनुषा । नेकपा एमाले धनुषाको ८औँ जिल्ला अधिवेशनमा दुई पक्षबिचको विवादले तनाव उत्पन्न भएको छ ।
निर्वाचनका क्रममा धाँधली गरेको भन्दै एक पक्षीय नेताहरू धर्नामा बसेपछि विवाद थप चर्किएको हो । त्यसक्रममा मतपत्र च्यात्ने र कुर्सी तोडफोड गर्नेसम्मको अवस्था आएको प्रतिनिधिहरूले बताएका छन् ।
एमाले सचिव रघुवीर महासेठ पक्षधरले स्वस्थ निर्वाचन गराउनु पर्ने र मतपत्र च्यात्नेलाई कारबाही गर्नुपर्ने भन्दै नाराबाजी गरेको छ । गत वैशाख २० देखि जनकपुरमा जारी अधिवेशनमा भोला यादव र लक्ष्मी नारायण यादवले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया