काठमाडौं । एमाले नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका नेता नेपालको मंगलबार दिउँसो सवा चार बजे थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको अस्पताल स्रोतले जानकारी दिएकाे छ ।
७१ वर्षिय नेता नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । उनी केही दिनदेखि अस्पताल भर्ना भए पनि सोमबार आईसीयूमा सारिएको थियो ।
रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय बनेका थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा सूचना तथा सञ्चारमन्त्रीसमेत बनेका थिए । त्यसपछि शिक्षा मन्त्री भएका थिए ।
नेता नेपाल नेपाली साहित्यिक क्षेत्रमा उनी सञ्जय थापाका नामले परिचित छन् । उनले एक दर्जनभन्दा बढी उपन्यास लेखेका छन् ।
प्रतिक्रिया