च्यासलविरुद्ध आरसीटीको संघर्षपूर्ण जित

च्यासलविरुद्ध आरसीटीको संघर्षपूर्ण जित



काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा रानीपोखरी कर्नर टिम (आरसीटी)ले च्यासल युथ क्लबविरुद्ध ३–२ को संघर्षपूर्ण जित निकालेको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा आरसीटीले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गरी तीन गोलको अग्रता बनायो ।

आरसीटीका अजित गुरुङ, अभिषेक भोलान र सञ्जय लिम्बुले गोल गरे । च्यासलका आश्विन घोरासैनी र आशिष थारूले गोल गरे ।

जितसँगै आरसीटी लिगको नवौँ स्थानमा उक्लेको छ । आरसीटीले तेस्रो जित निकाल्दै कुल १० खेलमा तीन जित, दुई बराबरी र पाँच हारसहित ११ अंक बनाएको छ ।

पराजित च्यासलले चौथो हार बेहोर्दै दुई बराबरी र चार जितबाट १४ अंक बनाएको छ । पराजित रहे पनि च्यासल छैटौँ स्थानमा यथावत् छ ।