काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकभित्रकै समस्याका कारण गभर्नर नियुक्तिमा ढिला भएको बताएका छन् ।
मंगलबार पार्टीको आर्थिक नीति तथा योजना विभागले पार्टी कार्यालय सानेपामा गरेको ‘विद्यमान आर्थिक परिवेशमा बजेटले समेट्नु पर्ने नीति’ विषयक संवाद गोष्ठीमालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण गभर्नर नियुक्त हुन ढिला नभएको पनि प्रष्ट पारे ।
उनले वर्तमान गठबन्धनमा कुनै समस्या नभएको बताए । ‘वर्तमान सत्ता गठबन्धनमा कुनै समस्या छैन,’ सभापति देउवाले भने, ‘गर्भनरको नियुक्ति ढिलो हुनु राष्ट्र बैंक भित्रकै समस्याले हो । ओलीजीका कारणले गर्भनर नियुक्त हुन ढिलो भएको होइन ।’


प्रतिक्रिया