काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मंगलबार राति भैसेपार्टीस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । उनलाई रातिनै डिचार्ज गरिएको छ । प्रचण्ड बाथरुममा लडेर घाइते भएका थिए । उनको टाउकोमा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल पर्याइएको थियो ।
छोरी गंगा दाहालले घटनाको पुष्टि गरेकी छन् । उनले भनिन्, ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजॉचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु।’
अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका हुन् । उनको टाउको टाँका लगाउनुपरेको छ, अरु स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


प्रतिक्रिया