मिलान । इन्टर मिलान युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति इटालीको सानसिरोमा भएको खेलमा बार्सिलोनालाई इन्टर मिलानले ४–३ ले हराएको हो । समग्रमा इन्टर ७–६ ले विजयी हुँदै फाइनलमा पुगेको हो ।
बार्सिलोनामा भएको पहिलो लेग ३–३ को बराबरीमा सकिएको थियो । निर्धारित ९० मिनेट ३–३ को बराबरी भएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । इन्टरका लागि लौटारो मार्टिनेज, हाकान चाल्हानोग्लु र फ्रान्सेस्को अचेर्बीले गोल गरे भने बार्सिलोनाका एरिक गार्सिया,। ओल्मा, राफिन्हाले एक एक गोल फर्काए । अतिरिक्त समयमा ९९ औं मिनेटमा फ्रातेसीले गोल गल्दै इन्टरलाई फाइनल नजिक पुर्याए ।
आज दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आर्सनल र पीएजसी खेल्नेछन् । पहिलो लेग पिएसजीले १–० ले जितेको थियो । फाइनल खेल मे ३१ मा हुनेछ ।
प्रतिक्रिया