काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले यो बेला पाकिस्तानी उच्चस्तरीय सैनिकमण्डलको नेपाल भ्रमण उपयुक्त नभएको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा मन्त्री साउदले भारत र पाकिस्ताबीचमा विकसित परिस्थितलाई सरकारले नजरअन्दाज गरेको बताएका हुन् ।
‘छिमेकमा भएको जघन्य आतंककारी घटना र विकसित परिस्थितिलाई नजरअन्दाज गर्दै पाकिस्तानको उच्चस्तरीय सैनिक प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको देखिन्छ,’ बैठकमा साउदले भने, ‘भ्रमण पूर्वनिर्धारित नै भएपनि वर्तमान स्थितिका बारे संवदेशील भएर कुटनीतिक कौशलताका साथ तत्कालका लागि भ्रमण स्थगन गर्दै उपयुक्त समयको प्रतिक्षा गर्नुपर्ने आवश्यकता थियो ।’
भारतको जम्मु काश्मिर स्थित पहलगाम घटनामा आस्थाका आधारमा नेपालीको ज्यान जाने गरी घटना भएको उल्लेख गरे । विश्वव्यापी आतंकवादी आक्रमणबाट नेपालीहरु पनि शिकार हुनबाट नेपाली अछुत हुन नसकेको साउदको भनाइ थियो ।
गत वैशाख ९ गते भारतको कास्मिरस्थित पहलगाममा भएको आतंककारी आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २६ जनाको ज्यान गएको थियो ।
पूर्व निर्धारित तालिका अनुसार पाकिस्तानी सेनाको एक टोली तालिमका लागि काठमाडौं आएको छ ।
प्रतिक्रिया