काठमाडौं । युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको दोस्रो लेगमा आज आर्सनल र पेरिस सेन्ट जर्मेइन (पीएसजी) खेल्दैछन् । यो खेल नेपाली समयानुसार राति पौने १ बजे शुरू हुनेछ ।
सेमिफाइनलको पहिलो लेगमा पीएसजीले आर्सनललाई एक गोलले हराएको थियो । समग्रमा आज विजेता हुने टोलीले उपाधिका लागि इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ ।
गएराति भएको पहिलाे सेमिफाइनलको दोस्रो लेगमा इन्टरले बार्सिलोनालाई ४–३ गोलले हरायो । इन्टर समग्रमा ७–६ को नतिजासहित उपाधि नजिक पुगेको हो ।
फाइनल खेल आउँदो जुन १ तारिखमा हुनेछ ।
प्रतिक्रिया