आईपीएल : आज कोलकाता र चेन्नई खेल्दै

आईपीएल : आज कोलकाता र चेन्नई खेल्दै



काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्ग्स खेल्दैछन् । खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे इडेन गार्डेनमा शुरू हुनेछ ।

कोलकाता ११ खेलमा ११ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । चेन्नई समान ११ खेलमा चार अङ्कसहित तालिकाको पुछारमा छ । चेन्नई यसअघि नै प्लेअफ होडबाट बाहिरीसकेको छ । कोलकातालाई प्लेअफको सम्भावना कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।