काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीले पार्टी ताप्लेजुङका पूर्व अध्यक्ष बलबहादुर साम्सोहाङसहित दुई जनालाई निलम्बन गरेको छ ।
हाल प्रदेश सल्लाहकार सदस्य साम्सोहाङ र प्रदेश पर्यटन विभाग सचिव मणिकुमार पोमुलाई पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरिएको एक नेताले जानकारी दिए ।
गएको वैशाख १८ गते ताप्लेजुङमा सम्पन्न युवा संघको अधिवेशनमा साम्सोहाङले काट, मार, भन्दै युवाहरूलाई उक्साएको भन्दै जिल्ला कमिटीले प्रदेशमा सिफारिस गरेको थियो । प्रदेशले उपाध्यक्ष टीकाराम चेम्जोङको नेतृत्वमा छानबिन कमिटी बनाएको छ । त्यसको प्रतिवेदन नआउन्जेल उनीहरूलाई निलम्बन गरिएको हो ।
युवा संघ ताप्लेजुङको भेलामा झडप भएको थियो । एउटा समूहको नेतृत्व पोमुले गरेको र उनीहरुलाई निर्देशन दिँदै उक्साउने काम साम्सोहाङले गरेको एमालेको भनाइ छ ।
प्रतिक्रिया